• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
बुधबार, भदौ ११, २०८२
☰
बुधबार, भदौ ११, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

    भर्खरै

    चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’

    सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

    अर्किड स्कुलद्वारा अन्तर विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

    फोर्ब्स कलेज भरतपुर चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रबृति प्रदान गर्ने

    अर्बिट स्कुलमा कक्षा ११ का विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीले गरे स्वागत

    पूर्वाग्रही सोचसहित ल्याउनलागिएको शिक्षा विधेयक अस्वीकार्य : प्याब्सन

    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते भरतपुरमा हुने

    ‘ग्लोकल टीन हिरो–२०२५’को ‘२० अन्डर २०’मा छानिए चितवनका साजन अधिकारी

    गैँडाकोटमा भव्य रूपमा ‘अक्सफोर्ड मेला २०२५’ शुभारम्भ

    लोकप्रिय समाचार

    • १. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

    • २. चितवनबाट दिदीबहिनी बेपत्ता

    • ३. आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

    • ४. रौतहटकी रुबी हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु

    • ५. दुर्घटनामा परेर गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापतिको मृत्यु

    • ६. इम्बोस्ड नम्बर प्लेट तत्काल लागु नगर्न तीन संगठनको सरकारसँग अपिल

    • ७. हरितालिका पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदै

    • ८. अष्ट्रेलियन क्रिकेट टेरीटरीमाथि नेपालको ४१ रनको जित, सन्दीपले ह्याट्रिकसहित लिए ५ विकेट

    • ९. आज आइतबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

    • १०. नारायणी पुलमा सवारी दुर्घटना १ जनाको मृत्यु, १ जना घाइते

    पाँच दलीय गठबन्धनः केन्द्रमा सहमति, जिल्लामा तोडिदैँ

    काठमाडौं, ३ बैशाख-

    नेपाली कांग्रेसको नेतृत्वको सत्तारुढ पाँच दलीय गठबन्धन गर्ने बारेमा केन्द्रमा सहमति भए पनि जिल्लाहरूमा तोडिने क्रम सुरु भएको छ ।
    विगतमा निर्वाचन जितेका स्थानमा सोही पार्टीले उम्मेदवारी दिने तर एमालेसहित अन्य दलले जितेका स्थानमा भने भागबन्डा गर्ने मोटामोटी सहमति बाहिरिएलगत्तै गठबन्धनमा समस्या देखा पर्ने क्रम सुरु हुन थालेको हो ।

    भरतपुर महानगरपालिकामा मेयर पुनः नेकपा माओवादी केन्द्रले पाउने भएपछि कांग्रेसका जनप्रतिनिधिद्धारा बिद्रोहको चेतावनी, पर्सा कांग्रेसद्धारा गठबन्धन नगर्ने निर्णय सार्वजनिक, बाँकेमा जनता समाजवादी पार्टी बाँकेमा गठबन्धनवाट बाहिरिएको घोषणा, डोल्पामा सहमति नहुँदा अलग अलग निर्वाचनमा जाने निर्णयको तहमा पुगेका छन ।

    रोल्पा र रुकुममा कांग्रेस र नेकपा एकीकृत समाजवादीले धेरै भागवन्डा खोजेको भन्दै माओवादीको असन्तुष्टि र संखुवासभामा गठबन्धनबाट कांग्रेस बाहिरिएको घोषणालगायतको दृश्यले पाँच दलीय गठबन्धनको केन्द्रिय निर्णयलाई स्थानीय तहले मन नपराएको देखिन्छ ।

    प्रचण्डको गृहनगर भरतपुरमा कांग्रेस–माओवादी संघर्ष

    स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने केन्द्रिय निर्णय आउनुअघि र आएपछि पनि चितवनस्थित भरतपुर महानगरपालिका चर्चाको शिखरमा छ ।
    नेकपा एमालेले भरतपुर महानगपालिकाका लागि प्रदेश सांसद बिजय सुबेदीलाई उम्मेदवार बनाउने निर्णय गरिसक्दा पनि पाँच दलीय गठबन्धनले अझै साझा उम्मेदवार तय गर्न सकेको छैनन् ।

    केन्द्रीय निर्णयअनुसार भरतपुरमा माओवादी केन्द्रको भागमा परेपछि मुख्यतः कांग्रेस जनप्रतिनिधिहरुले आपत्ति जनाउँदै आएका छन । पार्टी सभापति शेरबहादुर देउवाले भरतपुर पुनः माओवादीलाई दिने निर्णय लिन खोजेपछि कांग्रेस जिल्ला कमिटी नै काठमाडौंमा ‘डेलिगेसन’ आएर आपत्ति जनाएको थियो भने सो निर्णयपछि पनि वडा नम्बर १९ का सभापति आसमान तामाङको अध्यक्षतामा गत मंगलबार जिल्ला पार्टी कार्यालय कमलनगरमा बसेको वडा सभापतिको बैठकले केन्द्रीय निर्णयको विरोध गर्दै माओवादी केन्द्रलाई दिएको खण्डमा मेयर, उपमेयरसहित सबै वडामा स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरिसकेको छ ।

    ‘वडा सभापतिको संयुक्त निर्णय विपरित गठबन्धन गरिएमा भरतपुर महानगरमा मेयर, उप–मेयर र सबै वडामा अध्यक्षसहितका उम्मेदवार खडा गर्ने निर्णय भईसकेको छ, हामी तयारीमा जुटिसक्यौं,’ तामाङले निर्णयपछि भन्दै आएका छन । उनका अनुसार बैठकको सो निर्णय केन्द्रमा पठाउन भन्दै जिल्ला सभापति राजेश्वर खनाललाई हस्तान्तरणसमेत गरिसकेका छन् ।

    गत निर्वाचनमा कांग्रेस र माओवादीबीच गठबन्धन हुदाँ भरतपुरवाट माओवादीकी रेणु दाहाल बिजयी भएकी थिइन ।

    पर्सा कांग्रेसको निर्णयः गठबन्धन मान्दैनौ– एक्लै लडछाैँ

    पर्सा कांग्रेसले गठबन्धन नमान्ने र एक्लै निर्वाचनमा जाने निर्णय नै गरिसकेको छ । केन्द्रीय निर्णयअनुसार जसपा नेपालको भागमा परेको वीरगञ्ज महानगरपालिका स्विकार गर्न नसकिने भन्दै पर्साका १४ वटै स्थानिय तहमा एक्लै चुनाव लडने जिल्ला कंग्रेसले ३० चैतमा औपचारिक निर्णय नै गरिसकेका छन ।

    नेपाली कांग्रेस वीरगञ्ज महानगर समिति सभापति मनिन्द्रलाल श्रेष्ठ, क्षेत्र नं–१ का सभापति अरविन्दकुमार गुप्ता, प्रदेशसभा क्षेत्र नम्बर १ का र २ का सभापतिहरूले पत्रकार सम्मेलन नै गरेर गठबन्धन अस्वीकार गर्ने घोषणा गरेका हुन । गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा वीरगञ्ज महानगरका ३२ वटै वडाबाट गठबन्धनको विपक्षमा सुझाव आएको महानगर सभापति मनिन्द्रलाल श्रेष्ठले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    ‘जिल्लामा रहेका वीरगन्ज महानगरपालिकासहित सबै १४ वटा पालिकामा नेपाली कांग्रेसले अन्य दलसँग निर्वाचनमा गठबन्धन नगर्ने निर्णय भएको छ,’ जिल्ला उपसभापति रामनारायण कुर्मीले भने, ‘नेपाली कांग्रेसले सबै स्थानीय तहका सबै पदमा बिना गठबन्धन एक्लै चुनाव लड्ने निर्णय गरेको छ ।’
    जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीको सभापतित्वमा सम्पन्न सो बैठकमा केन्द्रीय सदस्यद्धय रमेश रिजाल र अजय चौरसिया, पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरी, निवर्तमान पर्सा सभापति अजयकुमार द्विवेदी, पूर्वसभापति राजेन्द्र बहादुर अमात्य, मधेश प्रदेशका मन्त्री ओमप्रकाश शर्मालगायतको उपस्थित रहेको सो बैठकले निर्णय गरेको थियो ।

    डोल्पाः गठबन्धन गर्न नसकिने निर्णय गर्दै केन्द्रलाई पत्र

    काठमाडौंवाट पाँच दलीय गठबन्धन बनाउन निर्देशन दिएपनि डोल्पामा भने गठबन्धन नगरी अलग–अलग निर्वाचन लडने निर्णय नै गरिएको छ ।
    कांग्रेस पार्टी सभापति तथा जिल्ला स्तरीय संयन्त्रका संयोजक दिपेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले गठबन्धन गर्न नसकिने भन्दै केन्द्रीय कार्यालयलाई जानकारी गराउने निर्णय नै गरेको छ ।

    रौतहटः माधव नेपालको गृहनगरमा कांग्रेस बिपक्षमा

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहनगर रौतहटको चन्द्रपुरमा कांग्रेसले गठबन्धन नगर्ने निर्णय लिएको छ ।
    नगर सभापित मुकेश गिरीको सभापतित्वमा बसेको बैठकले कांग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने र एक्लै निर्वाचनमा लडने निर्णय लिएको हो । जसअनुसार भावी नगरप्रमुखका लागि चन्द्रपुरवाट कांग्रेसले १२ जना आंकक्षीको नाम सार्वजनिक गरिसकेको सभापति गिरीले जानकारी दिएका छन ।

    संखुवासभाः चार दिनसम्म पनि सहमति नभएपछि बैठक

    खाँदवारीमा चार दिनसम्म बसेको पाँच दलीय गठबन्धनले कुनै निष्कर्ष निकाल्न नसकेपछि गठबन्धन टुटेको कांग्रेस सभापति दिपक खडकाले घोषणा गरेका छन ।
    चार दिनसम्म बसेको बैठकमा दलहरूले दावी नछाडेपछि माओवादी केन्द्र छलफलको प्रक्रियावाट नै बाहिरिए पछि संखुवासभामा गठबन्धनको सम्भावना टरेको हो ।

    बाँकेः गठबन्धन छाडेर जसपा एक्लै निर्वाचनमा

    नेपालगञ्ज उपमहानगरपालिकामा कांग्रेसले दावी नछाडेपछि जसपा नेपाल गठबन्धनवाट बाहिरिएको छ । एमालेले पशुपतिदयाल मिश्रलाई नेपालगञ्जको भावी मेयरको उम्मेदवार घोषणा गरिसक्दा पनि गठबन्धनभित्रका दलहरु मुख्यतः कांग्रेस र समाजवादीले दाबी गरेपछि गठबन्धनमा समस्या देखा परेको हो ।
    जसपा नेपालका जिल्ला अध्यक्ष कमरुद्धिन राईका अनुसार नेपालगञ्ज जसपालाई छुट्टाएर एमालेले जितेका स्थानीय तहमा भागवन्डा गरेर जाने प्रस्तावलाई कांग्रेसले अस्विकार गरेपछि गठबन्धनवाट बाहिरिनु परेको हो ।

    मोरङः बिरानटनगर कांग्रेसलाई दिए जसपाले अस्विकार गर्ने

    मोरङका १७ मध्ये नेपाली कांग्रेस एक्लैले बिरानटनगर महानगरपालिकासहित १० स्थानीय तहको नेतृत्वमा दावी गरेपछि पाँच दलीय गठबन्धनमा भागवन्डा टुंग्याउन निकै सकस परेको छ । यसअघि कांग्रेसले बिजयी हाँसिल गरेको बिराटनगर महानगरपालिकाको भावी नेतृत्वका लागि कांग्रेस र जसपा नेपाल दुबैले दाबी गरिरहेका छन । कांग्रेस र जसपा नेपाल जसले पाए पनि स्थानीय तहमा एउटा दल भने बिद्रोहमा निस्कने लगभग देखिएको छ ।

    उता, मोरङका १७ वटा स्थानिय तहमध्ये कांग्रेसले १० वटा, माओवादी केन्द्रले ६ वटा नेकपा एस र जसपा नेपालले ४–४ स्थानीय तहमा दाबी गरेपछि गठबन्धनमा सकस भएको छ । कांग्रेसले अत्याधिक स्थानिय तहमा दावी गरेपछि माओवादी केन्द्र र नेकपा एसले अलग्गै गठबन्धन बनाएर जाने सम्भावना देखिएको स्थानीय नेताहरुले बताएका छन ।

    केन्द्रमा निर्णय गरे पनि स्थानीय तहमा गठबन्धन गराउन सकस देखा परेपछि कांग्रेसले आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । अपरान्ह २ बजे बस्ने बैठकले ११ वटा उपमहानगरपालिका र ६ वटा महानगरपालिकाको भागबन्डा र भावी नेतृत्वका लागि आवाश्यक निर्णय लिदैँछ भने चितवन पुगेका माओवादी अध्यक्ष प्रचण्डले भरतपुरको मेयरका बारेमा चाँडै निर्णय हुने घोषणा गरेका छन् ।- न्युज कारखाना

     

      Chitwan Aaja चितवन आज
      शनिबार, बैशाख ०३, २०७९ मा प्रकाशित
      तपाईको प्रतिक्रिया
      सम्बन्धित समाचार
      चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’
      चार हजारभन्दा बढी क्षेत्रफलमा मकै बीउ प्रवर्द्धन कार्यक्रम सञ्चालन
      रौतहटकी रुबी हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु

      ताजा समाचार

      सबै

      चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’

      चार हजारभन्दा बढी क्षेत्रफलमा मकै बीउ प्रवर्द्धन कार्यक्रम सञ्चालन

      रौतहटकी रुबी हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु

      रविको निवेदनमा उच्च अदालतले माग्यो कैफियत प्रतिवेदन

      पर्सामा वीरगञ्जपछि पोखरियामा पनि हैजा संक्रमण पुष्टि

      भारतबाट ल्याइएको मुर्रा राँगो भ्यागुते रोगले मर्‍यो

      संवैधानिक इजलासमा गठनमा विवाद छैन : प्रधानन्यायाधीश राउत

      चितवनबाट दिदीबहिनी बेपत्ता

      पासवानको अवस्था गम्भीर, काठमाडौं पठाइयो

      रविको निवेदनमाथि उच्च अदालतमा आज सुनुवाइ

      लम्पी स्किनविरुद्ध छ हजार बढी चौपायालाई खोप

      शरीर जलेको अवस्थामा भेटिए सुटकेसभित्र मृत भेटिएकी रुबीको हत्या आरोपी

      मोरङ कारागारको शौचालयमा मृत भेटिइन् महिला कैदी

      भाद्र शुक्ल चतुर्थीः गणेश चतुर्थी पर्व आज मनाइँदै

      दुर्घटनामा परेर गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापतिको मृत्यु

      कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

      हेर्नु भयो ?

      न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

      लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

      अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

      चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

      रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

      भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

      ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

      चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

      चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

      सुनको मूल्य फेरि घट्यो

      बीरेन्द्र बहुमुखी क्याम्पसमा तीन-दिने ग्राफिक डिजाइनिङ कार्यशाला सम्पन्न

      चितवनमा पहिलो पटक टेनिस प्रतियोगिता सुरु

      आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

      धेरै डिजेल हाल्ने ग्राहकलाई शुभ पेट्रोल्याण्डद्वारा सम्मान : पम्पको खर्चमा पढ्दै छन् असाहय विद्यार्थी

      विशेष

      सबै
      • १.
        आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

      • २.
        त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

      • ३.
        माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

      • ४.
        पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

      • ५.
        सुनको मूल्य फेरि घट्यो

      • ६.
        थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

      • ७.
        सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

      • ८.
        रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

      • ९.
        दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

      • १०.
        कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

      • ११.
        फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

      • १२.
        सडकमा दुध पोखेर आन्दोलनमा उत्रिए चितवनका किसान (फोटो/भिडियोसहित)

      साताको चर्चित

      • १.
        कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

      • २.
        चितवनबाट दिदीबहिनी बेपत्ता

      • ३.
        आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

      • ४.
        रौतहटकी रुबी हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु

      • ५.
        दुर्घटनामा परेर गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापतिको मृत्यु

      • ६.
        इम्बोस्ड नम्बर प्लेट तत्काल लागु नगर्न तीन संगठनको सरकारसँग अपिल

      चितवन आज मिडिया हाउस प्रा.लि.
      www.chitwanaaja.com
      भरतपुर, चितवन

      सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
      ३२२३-२०७८/७९

      सामाजिक संजालमा हामी

      Quick Links

      • हाम्रो बारेमा
      • सम्पर्क
      • विज्ञापन
      • डाउनलोड
      Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
       Website By :  nwTech.