काठमाडौं । त्रिभुवन विश्वविद्यालयले बीबीएस चौथो वर्षको नतिजा सार्वजनिक गरेको छ । एक वर्षअघि परीक्षा सञ्चालित व्यवस्थापन संकायको नतिजा आज सार्वजनिक भएको हो ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रक कार्यालय बल्खुले बीबीएस चौथो वर्षको परीक्षा अघिल्लो वर्ष पुस र माघ महिनामा सञ्चालन गरेको थियो ।
उक्त परीक्षाको नतिजा त्रिबिले आफ्नो वेभसाइटबाट हेर्न मिल्नेसमेत जनाएको छ ।