काठमाडौं, पुष २७-
मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपा संसदीय दलका नेता सरोज कुमार यादवले नियुक्त भएका छन् ।
आजै बिहान प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष यादवले ६३ सांसदको समर्थनसहित दाबी पेस गरेका थिए। उनलाई कांग्रेस र लोसपाबाहेकका दलको समर्थन रहेको छ ।
मधेस प्रदेशमा मंगलबार नै दाबी पेस गर्ने तयारी गरिएपनि गठबन्धन दलमा आन्तरिक तयारी नपुगेको भन्दै बुधबारका लागि सारिएको थियो ।
१०७ सदस्यीय मधेस प्रदेशमा बहुमतका लागि ५४ सांसदको आवश्यकता हुने भएपनि ६३ सांसदको समर्थन जुटाएपछि उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।
मधेस प्रदेशमा नेपाली कांग्रेसका २२, नेकपा एमालेका २३, जनमत पार्टीका १३, जनता समाजवादी पार्टी, नेपालका १६, माओवादी केन्द्रका ८, नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० का ७, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका ९, राष्ट्रिय प्रजातन्त्र पार्टीका १, नेपाल संघीय समाजवादी पार्टीका १, नागरिक उन्मुक्ति पार्टीका १ जना सांसद छन् ।
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
                                                               
   
   
   
   
   
   
   
   
                                                      
                                                      
                                                      
 
           
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













