काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड विश्वास मत माग्न देउवा निवास धुम्बाराही पुगेका थिए ।
सोमवार साँझ देउवा निवास पुगेका प्रचण्डले गठबन्धन टुटे पनि आफूले कांग्रेससँगको गठबन्धनबाट जितेको नभुलेको भन्दै विश्वासको मत दिन आग्रह गरेका थिए ।
देउवा र प्रचण्डसँगको छलफलमा उपसभापति पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौला पनि थपिएका थिए ।















