काठमाडौँ ,पुस २५ –
मलेसियामा नेपाली श्रमिकलाई बन्धक बनाउने कम्पनीमाथि स्थानीय प्रहरीले अनुसन्धान थालेको छ । मलेसियन प्रहरीले नेपाली श्रमिकलाई कुटपिट तथा बन्धक बनाउनेहरूलाई पक्राउ गरेर अनुसन्धान थालेको हो ।
मलेसियास्थित नेपाली दूतावासले नेपाली श्रमिकहरूमाथि देखिएको समस्या समाधानको चरणमा रहेको जनाएको छ । नेपालीमाथि कुटपिट गर्ने तथा बन्धक बनाउने कम्पनीका अधिकारीहरूलाई मलेसियन प्रहरीले पक्राउ गरेको दूतावासले जनाएको छ ।