हेटौंडा, पुष २३-
मकवानपुरमा गुच्चा अड्किएर पाँच वर्षको बालकको निधन भएको छ । जिल्लाको मनहरी गाउँपालिका-९ ज्यामिरे बस्ने भारतीय नागरिक राम कुमार दासको छोरा बर्ष ५ को राम दासलेको घाँटीमा गुच्चा अड्किएर निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार शुक्रबार साँझ बालक खेल्ने क्रममा गुच्चा मुखमा हाल्दा घाटीमा अड्किन पुगेको थियो ।
घाँटीमा गुच्चा अड्किएपछि सास फेर्न असहज भएर उपचारको लागि चितवन स्थित भरतपुर सरकारी अस्पतालमा लगेकोमा पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
                                                               
   
   
   
   
   
   
   
   
                                                      
                                                      
                                                      
 
           
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













