काठमाडौं, पुष २२-
कम्बोडियाको आगलागीमा मृत्यु भएका निराकर पाण्डेको शव ल्याउन लाग्ने खर्च सरकारले नै ब्यहोर्ने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेको शव ल्याउन पहल गर्ने र लागेको खर्च सरकारले नै व्यहोर्ने निर्णय गरेको उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।
यस्तै बेठकले मंसिर ४ को प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका क्रममा बाजुरामा झडप हुँदा ज्यान गुमाएका दुई युवकका परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
सरकारले चुनावमा झडप हुँदा सञ्जिव अएडी र चेतन अएडीका परिवारलाई १०-१० लाख आर्थिक सहयोग दिने मन्त्री पौडेलले बताए ।