चितवन, पुष २२-
पूर्वी चितवनको रत्ननगरमा विजुलीको तार चोर्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।
धादिङ घरभई रत्ननगर नगरपालिका–१४ मा दाईको घरमा बस्दै आएका करिब ३१ वर्षीय विश्व परियारको कुखुरा फार्मको बिजुलीको तार चोर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
हिमशिखर पोल्ट्री फर्ममा कुखुरा नभएको खाली खोरमा बुधबार राती करेन्ट लागेर मृत्यु भएका परियारको शव आफन्तले बुझेर अन्त्येष्टि गरिसकेका छन् ।