धनुषा, पुष २०-
मधेस प्रदेशसभाको पहिलो ठूलो दल नेकपा ९एमाले० संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन्। मधेस प्रदेश पार्टी कमिटीले दलको नेतामा उनलाई चयन गरेका हुन्।
मङ्गलबार जनकपुरमा एमाले संसदीय दलको बैठक बसेको थियो।
आकाङ्क्षी बढी भएपछि दलको नेता चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिइएकामा उक्त कमिटीले यादवको नाम चयन गरेको एमाले नेता सोमप्रसाद शर्माले जानकारी दिए। एमाले केन्द्रीय सदस्यसमेत रहेका यादव महोत्तरी क्षेत्र नं ४ ९१०बाट निर्वाचित भएका थिए।
दलको नेताका लागि एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका रामचन्द्र मण्डल, हरिनारायण महतो, राजकुमार लेखी, शारदादेवी थापालगायत दाबेदार थिए । मधेस प्रदेशको सबैभन्दा ठूलो दल एमालेका २३ सांसद छन् ।
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
                                                               
   
   
   
   
   
   
   
   
                                                      
                                                      
                                                      
 
           
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













