चितवन, पुष १६-
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड आज शनिबार चितवन आउँदै छन् ।
भरतपुरमा रहेको नारायणी माध्यामिक विद्यालयको हिरक महोत्सवको उद्घाटन गर्न प्रचण्ड चितवन आउन लागेका हुन् ।
‘प्रचण्ड’ चितवन आउने भएपछि आज विरेन्द्र क्याम्पस चोकदेखि दीपेन्द्रचोक सम्मको सडक पानीको फोहोराले सफा गरिएको छ ।
उनको सुरक्षाका लागि भरतपुरका सडकका चोकचोकमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
साठी वर्षअघि भरतपुरको एउटा झुप्रोमा टुकी, लालटिन र मैनटोल बालेर राति पढाउन सुरु गरिएको नारायणी नमुना माध्यमिक विद्यालय अहिले देशकै उत्कृष्टमध्ये दोस्रो हुन सफल भएको छ ।
विसं २०२० जेठ ६ गते चार विद्यार्थीलाई रात्रिकालीन कक्षाबाट सुरु गरिएको यो विद्यालयमा अहिले तीन हजार पाँच सय ७० विद्यार्थी अध्ययनरत छन् ।
गुणस्तर मापन केन्द्रको परीक्षणमा ९३ दशमलव ०५ प्रतिशत अङ्क प्राप्त गरी यो विद्यालय देशकै उत्कृष्ट दोस्रो बन्न सफल भएको हो ।






