मकवानपुर, पुष १०-
नेपाली कांग्रेसको बागमती प्रदेशसभा संसदीय दलको नेतामा बहादुर सिंह लामा निर्वाचित भएका छन् ।
बुधबार भएको निर्वाचनमा उनले इन्द्रबहादुर बानियाँलाई पराजित गर्दै दलको नेता चयन भएका हुन् । लामाले २१ मत पाए भने बानियाँले १६ मत मात्र पाए ।
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
                                                               
   
   
   
   
   
   
   
   
                                                      
                                                      
                                                      
 
           
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













