चितवन, पुष १२-
फोक्सोमा पानी जमेका कारण चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर २७ मेघौलीका सुरेश परियारकी छोरी बिपिशा परियारलाई गुरुकुल कलेज परिवारले आर्थिक् सहयोग गरेको छ ।
उनको आर्थिक अवस्था कमजोर भएकोले उपचार सहयोगार्थ गुरुकुल कलेज परिवार र गुरुकुल इको युथ क्लबको अग्रसरतामा आर्थिक सहयोग गरिएको हो ।
रकम हस्तान्रण गर्न कलेजका सह(प्राचार्य प्रतीक ढकाल, शैक्षिक निर्देशक सुशील रेग्मी एवम् रसायनशास्त्र विभाग प्रमुख जगन्नाथ लामिछाने, विद्यार्थी सहितको टोलीको सीएमसी पुगेको थियो ।
सो अवसरमा गुरुकुल इको युथ क्लबका अध्यक्ष एवम् कक्षा १२ विज्ञान सङ्कायका विद्यार्थी सुगम पोखरेलले आँफैमा सर्वसम्पन्न भएर भन्दा पनि आवश्यकतामा सहयोग गर्न सक्ने र सिक्नु पनि एक कसिमको सिकाइ भएको बताएका थिए ।
गुरुकुल इको युथ क्लबका विधार्थीहरुले यस अगाडि पनि विपन्न वर्ग तथा वृद्धाश्रममा खाना खुवाउने, अनाथ आश्रममा स्टेसनरी वितरण, टोल सरसफाइ लगाएतका कार्यक्रमहरु गर्दै आइरहेको छ ।