काठमाडौं ,पुस ११ –
नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक बसेको छ ।
सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पहिलो मन्त्रिपरिषद् बैठक बसेको हाे ।
बैठकमा प्रधानमन्त्री प्रचण्डसहित उपप्रधानमन्त्रीहरू विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, रवि लामिछने रहेका छन् । साथै मन्त्रीहरू ज्वाला कुमारी साह, दामोदर भण्डारी, राजेन्द्र कुमार र अब्दुल खान सहभागी छन्।