चितवन, पुस १०-
सडक डिभिजन कार्यालय भरतपुरले आज पनि भरतपुरका अवैध संरचनामा डोजर चलाउँदै छ । आज लायन्सचोक देखि हाकिमचोक सम्मका अवैध संरचना भत्काइने भएको हो ।
सडक अधिकार क्षेत्रमा परेका घरटहरा आज पनि भत्काइने सडक डिभिजनका इन्जिनियर सागर कार्कीले बताए ।
सडक डिभिजनले शनिबार नारायणगढका अवैध संरचना भत्काएर सकेको छ ।
रागमार्गको केन्द्रबाट दायाँ बायाँ ३१÷३१ मिटरसम्मलाई सडक अधिकार क्षेत्र मानिने सडक ऐन २०३१ मा उल्लेख छ ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार







