चितवन, पुस ९–
सडक डिभिजन भरतपुरले पूर्व–पश्चिम राजमार्गको अधिकार क्षेत्र अतिक्रमण गरि बनाइएका नारायणगढका संरचना आज पनि भत्काउने भएको छ । सडक डिभिजनले हिजो (शुक्रबार) पुलचोकदेखि लायन्सचोकसम्मका राजमार्गबाट दक्षिणतर्फका संरचना भत्काएपछि उद्योग वाणिज्य संघ चितवनले विरोध गरेको थियो ।
संघका अध्यक्ष चुननारायण श्रेष्ठले अदालतको निषेधाज्ञाको आदेशका विपरित व्यवसायीका संरचना भत्काउने काम भएको भन्दै उक्त काम तत्काल रोक्न आग्रह गरेका थिए । सडक डिभिजनले भने सबै पक्षसँगको सहमति र छलफलपछि नै अवैध संरचना भत्काउन लागिएको बताएको छ ।
सडक डिभिजनका इन्जिनियर सागर कार्कीले आज पनि अवैध संरचना भत्काइने बताउँदै काम रोक्न अदालतले दिएको आदेशबारे जानकारी नभएको बताए । ‘उद्योग वाणिज्य संघको विज्ञप्तिबारे हामीलाई जानकारी छैन । हामीले गतवर्षदेखि नै सार्वजनिक सूचना निकालेर, सबैसँग छलफल गरेर नै अवैध संरचना भत्काउन लागेको हो’, उनले भने, ‘’






