चितवन । नारायणगढ बजार क्षेत्रका संरचना भत्काउने काम तत्काल रोक्न उद्योग वाणिज्य संघ चितवनले माग गरेको छ । संघका अध्यक्ष चुननारायण श्रेष्ठद्वारा आज जारी विज्ञप्तिमा चितवन जिल्ला अदालतको निषेधाज्ञाको आदेश विपरित एक्कासी डोजर लगाएर संरचना भत्काउने काम गर्नु आपत्तिजनक रहेको बताइएको छ ।
सडक डिभिजनले आज बिहानदेखि राजमार्ग क्षेत्रमा परेका संरचना भत्काउन सुरु गरेको थियो । भरतपुर महानगरपालिकाबाट नक्सा पास र घर सम्पन्न प्रमाणपत्र समेत लिएका घरमा डोजर लगाइनु न्यायसंगत नभएको भन्दै संघले तोडफोड भएका घरको घरधनीलाई न्याय गरिदिन आग्रह गरेको छ ।
विज्ञप्ती हेर्नुहोस्







