४ पुस, काठमाडौं –
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको बुढानिलकण्ठमा आवासीय बैठक राखिएको छ । सोमबार विहानदेखि बुढानिलकण्ठको होटल पबेरामा राखिएको बैठक भोलि मात्रै सकिने भएको हो ।
संसदीय दलको नेतामा लामिछाने चयन भएपछि सांसदहरूलाई जथाभाबी नबोल्न निर्देशन दिएका छन् । ‘हामी संसदमा नयाँ पाटी हौं ।
सबै नयाँ सांसदपनि हौं । धेरै विषयहरू हाम्रा लागि नयाँ छन्’ लामिछानेको ब्रिफिङबारे बताउँदै एक सांसदले भने,‘तपाईहरु मिडिया लगायत सार्वजनिक ठाउँमा बोल्दा जिम्मेवार पूर्वक बोल्नुस् पदको गरिमा राखेर बोल्नुस् ।’ पार्टी र सरकारमा जाने विषयमा पार्टीको लाइन भन्दा बाहिर नबोल्न लामिछानेले निर्देशन दिएका हुन् ।















