भरतपुर, पुष २-
श्रीलक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् यसअन्तर्गत संचालित श्रीवैकुण्ठनाथ परमवैदिक विद्याप्रतिष्ठानम् (गुरुकुलम्) भरतपुर -४ , धर्मचोक , लङ्कु, चितवनको साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ।
मन्दिर सञ्चालक समितिका अध्यक्ष एवम् पीठाधीश स्वामी जगन्नाथाचार्यज्युको सभापतित्व , शुकदेव भागवत आश्रम गैंडाकोटका उत्तराधिकारी स्वामी लक्ष्मणाचार्यको प्रमुख आतिथ्यमा सम्पन्न उक्त साधारणसभामा मन्दिर संचालक समितिका निवर्तमान सचिव कमलनयन कंडेलले सचिवको प्रतिवेदन ,निवर्तमान कोषाध्यक्ष श्री पुरुषोत्तम सापकोटाले लेखापरीक्षण प्रतिवेदन, गुरुकुल संचालक समितिका सचिव तथा प्रधानाध्यापक डा.लक्ष्मीनाथ कंडेलले सचिवको प्रतिवेदन, छात्रावास निर्माण उपभोक्ता समितिका अध्यक्ष हीरामणि खरालले छात्रावास निर्माणको प्रतिवेदन एवम् लक्ष्मीवैकुण्ठनाथ मन्दिर(प्रारम्भिक संस्थापक- प्रस्तावक(समितिका सदस्य तथा विद्याप्रतिष्ठानम्व्य-वस्थापन समितिका सदस्य माधव सापकोटाले लक्ष्मीवैकुण्ठनाथ मन्दिरका संस्थापकसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।
विद्याप्रतिष्ठानम् संचालक समितिका निवर्तमान अध्यक्ष यमलाल कंडेल , विद्याप्रतिष्ठानम् व्यवस्थापन समितिका अध्यक्ष विष्णु सापकोटा ,भरतपुर-४ का वडा सदस्य राधादेवी शर्मा कंडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेको कार्यक्रममा त्रिदण्डिदेव संस्कृत महाविद्यालय अयोध्याका पूर्व वेदान्त विभागाध्यक्ष श्रीनिवासाचार्य, वैदिक धर्म परिषद् नेपालका केन्द्रीय उपाध्यक्ष ध्रुवराज शर्मा अर्याल, नारायणी गण्डकी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधि भारद्वाज, श्रीवैष्णव परिषद् नेपालका केन्द्रीय सदस्य टिकाराम कंडेल लगायतको उपस्थिति रहेको थियो ।
मन्दिर संचालक समितिका निवर्तमान उपाध्यक्ष सावित्री कंडेलज्युको स्वागत मन्तव्य तथा गुरुकुलका विद्यार्थीहरूको वैदिक मङ्गलाचरणका साथ सुरुवात भएको थियो सो कार्यक्रमको संचालन निवर्तमान सचिव कमलयन कंडेलज्युले गरेका थिए भने डा.रामचन्द्र कंडेलको संयोजकत्वमा हरिदास सापकोटा र नारायणप्रसाद सापकोटा सदस्य रहेको निर्वाचन(समितिले निर्वाचन सम्पन्न गराएको थियो।
अधिवेशनले स्वामी जगन्नाथाचार्यको अध्यक्षतामा आगामी ३ वर्षका लागि ११ सदस्यीय मन्दिर(संचालक(समिति गठन गरेको छ।
यस्तै उपाध्यक्षमा शिवलाल सापकोटा सचिवमा भूमीश्वर सापकोटा , सहसचिवमा डिल्लीप्रसाद (बलराम) सुवेदी , कोषाध्यक्षमा ज्यो। माधव सापकोटा, सदस्यहरूमा नवराज सापकोटा, तुलसीदास (तारानाथ) कंडेल, राधादेवी शर्मा कंडेल , कृष्णप्रपन्न गौतम, भागीरथ कंडेल,भानुभक्त कंडेल चयन भएका छन् ।
यसै गरी अधिवेशनले तुलसीराम सापकोटाको अध्यक्षतामा ११ सदस्यीयविद्याप्रतिष्ठानम् -संचालक-समिति गठन गरेको छ । यस्तै उपाध्यक्षमा डा.गोपीनाथ कंडेल,सचिवमा डा.लक्ष्मीनाथ कंडेल ,सहसचिवमा राजु सापकोटा, कोषाध्यक्षमा लक्ष्मीदेवी सापकोटा सदस्यहरूमा श्रीहरि(हरीश) कंडेल,रामचन्द्र सापकोटा, नारायणचारी सापकोटा , रामप्रसाद कंडेल ,भूमीश्वर सापकोटा , ज्यो. माधव सापकोटा चयन भएका छन् ।
निर्वाचित मन्दिर तथा गुरुकुल-संचालक-समितिका पदाधिकारीहरूलाई मन्दिर-संचालक-समितिका अध्यक्ष एवम् पीठाधीश स्वामी जगन्नाथाचार्यज्यूले सपथ गराएका थिए ।







