चितवन, मंसिर २६-
चितवनको भरतपुरमा रहेको चितवन गार्डेन रिसोर्टमा बिहे भोज खाएका २०० जना भन्दा बढी बिरामी भएका छन् ।
गएको शुक्रबार नवलपुरको गैडाकोटबाट भरतपुर जन्ती आएका उनीहरुले भरतपुरमा रहेको चितवन गार्डेन रिसोर्टमा बिहे भोज खाएपछि बिरामी परेका हुन् ।
भोज खाएकाहरुलाई ज्वरो आउने, पेट दुख्ने, पखला लाग्ने समस्या भएपछि अस्पताल भर्ना भएको सविन लम्सालले बताए । बिहे भोजमा करिब पाँचसय २६ जनाले खाना खाएको लम्सालले जानकारी दिए ।
मासु खाएका सबै जना बिरामी भएको र त्यसमध्ये ३० जना नेशनल सिटी अस्पतालमा भर्ना भएका छन् ।
भोज खाएपछि केटा र केटीपक्ष दुवैतर्फ बिरामी भएको दुलहीका दाई विशाल अधिकारीले जानकारी दिए ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार






