चितवन, मंसिर २४ –
चितवनको माडीमा आगो ताप्ने क्रममा घरमा आगलागी भएको छ । माडी नगरपालिका ९ गणेशकुञ्जका अहितबहादुर तामाङको घरमा शुक्रबार साँझ आगलागी भएको हो । उहाँको घरको धन्सार जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय माडीले जानकारी दिएको छ ।
घरमा रहेका खाद्यान्न,लत्ताकपडा,नगद जलेको छ । आगलागीबाट गोठमा रहेको गोरु समेत जलेर घाइते भएको छ । स्थानीय र माडी नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।






