चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य हरि ढकालले नेपाल टेलिकमका पदाधिकारीसंग भेट गरेका छन्। भेटका अवसरमा ढकालले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने राप्ती १३ मा टेलिकमको टावर विस्तार गर्न ध्यानाकर्षण गराएका थिए । राप्ती १३ मा हालसम्म मोबाइल नेटवर्क नटिप्ने समस्या छ।
ढकालले टेलिकमको टावर स्थापना गरि सञ्चारको पहुँच विस्तार गर्न टेलिकम प्रबन्ध निर्देशक सुनिल पौडेललाई आग्रह गरे। प्रबन्ध निर्देशक पौडेलले निकट भविष्यमा नै उक्त ठाँउमा टावर स्थापना गर्ने प्रतिबद्धता जनाएको ढकालका प्रमुख सल्लाहकार दिपक गौतमले जानकारी दिए ।
टेलिकमका प्रबन्धक निर्देशक पौडेल, कम्पनी सचिव राजेन्द्र अर्याल, कम्पनीका बोर्ड सदस्य अम्बिका पौडेलसगं नेपाल टेलिकमको केन्द्रिय कार्यालय भद्रकालीमा छलफल भएको थियो।