चितवन, मंसिर २२-
नारायणगढबाट काठमाडौ तर्फ गइरहेको एम्बुलेन्स र अटो भरतपुर महानगरपालिका–१ आँपटारीमा एकआपसमा ठोक्किँदा ६ जना घाइते भएका छन् ।
काठमाडौ तर्फ गइरहेको ना २ च ६३७८ नम्बरको एम्बुलेन्स र रामनगरबाट नारायणगढ तर्फ आउँदै गरेको ना २ ह २८६२ नम्बरको अटो एक आपसमा ठक्कर खाँदा अटोमा सवार चालकसहित ६ जना घाइते भएका हुन् ।
घाइतेहरुलाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।