चितवन ,मंसिर २१ –
चितवनमा प्रतिबन्धित लागुऔषध गाजाँसहित दुर्ई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा कालिका नगरपालिका ११ मझवाङ बस्ने बर्ष अन्दाजी ४० को बुद्धि बहादुर चेपाङ र बिनोद चेपाङ हुन् ।
बुद्धि बहादुर चेपाङको घरमा ८.७२६ किलो र बिनोद चेपाङको घरबाट ७.९१८ किलो गरि १६ किलो ६४४ ग्राम लागुऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिए ।
उनीहरुलाई चितवन जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।