चितवन, मंसिर १८-
भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम आयोजना हुने भएको छ ।
सापकोटा कल्याण केन्द्र नेपाल (सापकोटश वंशावली) भरतपुर महानगरपालिका ९ शरदपुरले यही मंसिर २० गतेबाट सापकोटा वंशावलीको लगत संकलन कार्यक्रम आयोजना गर्ने भएको हो ।
त्रिपुरेखर महादेव शिव मन्दिर परिसर भरतपुर ९ शरदपुरमा देशभर छरिएर रहेका सापकोटा दाजुभाई दिदिबहिनिको वंशावली लगत संकलन गर्ने क्रममा चितवनमा पनि सापकोटा वंशावली संकलनको कार्यक्रम आयोजना गरेको सापकोटा कल्याण केन्द्र नेपाल जिल्ला कार्य समिति चितवनका अध्यक्ष मनिस सापकोटाले जानकारी दिए ।
पूर्व संकलित वंशावदी पुस्तिकामा छुट भएका सापकोटा वंशावलीहरुको पनि नाम संकलन गर्न पर्ने भएकोले कार्यक्रममा सम्पूर्ण सापकोटा बन्धुहरुलाई उपस्थित हुन अनुरोध समेत गरेका छन् ।






