नवलपरासी, मंसिर १८-
पश्चिम नवलपरासीको प्रतापपुरमा उखु खेतीमा आगलागी भएको छ ।
आज आइतवार प्रतापपुर गाउँपालिका ५ को बेतहानीमा दिउँसो २ बजेतिर आगलागी काट्न तयार रहेको उखु जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिए ।
आगलागीले बेतहानी गाउँको पश्चिमतर्फको क्षेत्रमा रहेको बेलास सिंह, भिकारी कुर्मी, जुगुल गुप्ता, रामदुलारे लोनिया, सञ्जय पासी, रबिन्द्र पासी र महेन्द्र पासीको खेतको उखुमा क्षति पुगेको छ ।
चार बिघा आठ कट्ठा क्षेत्रको उखु नष्ट हुँदा १२ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
उखुबारीमा लागेको आगो स्थानीयवासी र प्रहरीको सहयोगमा निभाइएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार