काठमाडौं, मंसिर १८-
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा लफडा सुरु भएको छ ।
रास्वपा मकवानपुरका सभापति राजकुमार न्यौपानेलाई हटाउन माग गर्दै २ सय ४० जना सदस्यले पार्टी केन्द्रीय कार्यालयमा पत्राचार गरेका छन् ।
जिल्ला सभापति न्यौपाने मंसिर ४ गते सम्पन्न निर्वाचनमा अन्तर्घात गरेको आरोप लगाउँदै उनलाई बर्खास्त गर्न मागसहित केन्द्रमा पत्राचार गरिएको हो ।
न्यौपानेलाई कारबाही नगरिए आफुहरुले पार्टी छाडने चेतावनी समेत पत्रमा उल्लेख गरिएको बताइएको छ ।
न्यौपानलेले मकवानपुर २‘२’का उम्मेदवार एवम नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानीयाँसँग सेटिङ गरेको आफुहरुसँग प्रमाण समेत रहेको भन्दै यस्तो प्रवृत्तिले स्वतन्त्र पार्टीको मूल्य मान्यतामा असर परेको उनीहरुको दाबी छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार