चितवन, मंसिर १७ –
भरतपुरको डन एकेडमी स्कुलका विद्यार्थीहरुले भरतपुरका केन्द्रीय बसपार्क परिसरमा सरफाई गरेका छन् ।
भरतपुर महानगरपालिका ९ का विभिन्न क्षेत्र र बसपार्क परिसर वरपर विद्यार्थीहरुले सरसफाइ गरेका हुन् । विद्यार्थीहरुले सफा राखौं, स्वस्थ बनौं लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर ¥याली गर्दै सरसफाई गरेका हुन् ।
स्कुलको नियमित क्यालेण्डर अनुसार सरसफाई कार्यक्रम गरिएको स्कुलका शिक्षक पारस लामाले जानकारी दिए ।