चितवन, मंसिर १५-
एनइपीएचएससीसीको आयोजनामा विश्व एड्स दिवसको अवसरमा आज भरतपुरमा सचेतनामुलक ऱ्याली प्रर्दशन गरिएको छ
।
भरतपुरको चौविसकोटीदेखि सरकारी अस्पताल हुदै सीएमसी कलेज सम्म एड्स रोग बाट बचौ र बचाऔ लेखिएका प्लेड सहित ऱ्याली प्रर्दशन गरिएको हो ।
विश्व एड्स दिवसको मुख्य लक्ष्य भनेको एड्स रोग शुन्य पार्नुका साथै समाजमा भेदभाव हटाउने रहेको संस्थाका अध्यक्ष कुबेर भट्टले जानकारी दिए ।
यस संस्थाले जनस्वास्थ्य, साथै स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम हरु गर्दै संचालन गर्दै आइरहेको छ ।