मकवानपुर, मंसिर १४-
मकवानपुरको वकैयामा मोटरसाइकल दुर्घटना हुँदा आज एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक वकैया–५ श्रीपुर बस्ने २८ वर्षीय श्याम लामा रहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गएराति धरान–चतरा सडक खण्डअन्तर्गत हात्ती सुडेबाट श्रीपुरतर्फ आउँदै गरेको प्रदेश २–०३–०१८ प २५५७ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भएर सडकको नालीमा खसेको थियो ।
दुर्घटनामा सख्त घाइते लामालाई उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पतालमा ल्याएको र उपचारका क्रममा आज उहाँको मृत्यु भएको बताइएको छ ।
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
                                                               
   
   
   
   
   
   
   
   
                                                      
                                                      
                                                      
 
           
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













