चितवन, मंसिर ९ –
भरतपुरको बोस्टन ईन्टरनेशनल कलेजमा राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न भएको छ ।
प्राज्ञिक कार्यहरुको प्रस्तुती रहने र अध्ययन–अनुसन्धानलाई प्रोत्साहन गर्ने प्रकृतिको यस कार्यक्रम बोष्टन कलेजले दोस्रो पटक आयोजना गरेको हो । यस कार्यक्रमको प्रथम संस्करण गत वर्षको मंसिरमा भएको थियो ।
आज सम्पन्न कार्यक्रममा बिआईसी जर्नल अफ म्यानेजमेन्ट नामक कृति पनि विमोचन गरिएको छ । बिआईसी जर्नल अफ म्यानेजमेन्ट एक अनुसन्धानात्मक कृति भएको बोस्टन कलेजका रिसर्च डिपार्टमेन्ट प्रमुख डा पोष्टराज पोखरेलले बताए ।
उक्त कृतिमा ७ वटा अनुसन्धान मुलक लेख प्रकाशित भएका छन् । उक्त कृतिलाई कार्यक्रमका सभापति तथा बोस्टन कलेजका अध्यक्ष आनन्द बहादुर चन्द, प्रमुख अतिथि तथा पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्राध्यापक दिपक बहादुर भण्डारी, प्राडा महानन्द चालिसे, त्रिभुवन विश्वविद्यालय र बोस्टन रिसर्च म्यानेजमेन्ट सेलका अध्यक्ष प्राडा कर्ण वीर पौडेलले विमोचन गरेका थिए ।