मकवानपुर, ९ मंसिर
मकवानपुरको थाहा नगरपालिका १२ गैरीगाउँमा बिहीबार झगडा हुँदा कोदालोको बिँडले प्रहार गरेर ८९ वर्षीय वृद्धको ज्यान गएको छ ।
गैरीगाउँ बस्ने ३५ वर्षीय टाइसन गोले र सोही स्थानका ८९ वर्षीय आइतसिंह स्याङ्तानबीच आपसमा भनाभनको क्रममा झगडा भएको प्रहरीले जनाएको छ । झगडाको क्रममा टाइसन गोलेले कोदालोको बिँडले आइतसिंह स्याङ्तानको टाउकोमा हानी गम्भीर घाइते बनाएका थिए ।
ट्रमा सेन्टर काठमाडौंमा उपचारका लागि लगिएको उनको मृत्यु भएको हो । कुटपिट गर्ने टाइसन गोलेलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालिरहेको जनाएको छ । – न्युज कारखाना
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
                                                               
   
   
   
   
   
   
   
   
                                                      
                                                      
                                                      
 
           
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













