गैँडाकोट,८ मंसिर –
गैँडाकोटमा रहेको किसान बचत तथा ऋण सहकारी संस्थाका प्रमुुख कार्यकारी अधिकृत गणेश शर्मा पौडेलको नारायणी नदीमा नुहाउने क्रममा आज नदीमा चिप्लिएर मृत्यु भएको छ ।
गैँडाकोट नगरपालिका वडा नं. ८ निवासी ४३ वर्षीय पौडेल नारायणी नदीमा नुहाउने क्रममा राधाकृष्ण मन्दिर नजिकैबाट ढुंगाबाट चिप्लिएर नदीमा डुव्नुभएको थियो ।
विहान ६ वजे नदीमा डुवेका उहाँलाई उद्धार गरि उपचारको लागि चितवन मेडिकल कलेज लगिएको उपचारको क्रममा निधन भएको हो । पौडेलका श्रीमती र २ छोरीहरु हुनुहुन्छ । प्रमुख कार्यकारी अधिकृत पौडेलको निधनप्रति किसान बचतले दुख ब्यक्त गरेको छ ।