चितवन, मंसिर ८-
मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नं १-क मा नेकपा एमालेका उमेदवार जगनाथ थपलिया विजयी भएका छन् । तर उनको बिजयी भने घोषणा गर्नै बाँकी रहेको छ ।
उनले लोकतान्त्रिक वाम गठबन्धनका उमेदवार किरण भुषण ओलीलाई ६ हजार ९ सय ७६ मत अन्तरले पराजित गरेका हुन् ।
थपलियाले १७ हजार ६ सय ८८ मत प्राप्त गर्दा ओलीले १० हजार ७ सय १२ मत प्राप्त गरे ।