चितवन, मंसिर ८-
चितवन क्षेत्र नं ३ (क) मा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानुजंग लामा विजयी भएका छन् ।
लामाले नेपाली कांग्रेसका प्रा. डा सूर्यकान्त घिमिरेलाई दुई हजार आठ सय ५७ मतले पछि पार्दै विजयी भएका हुन् ।
आज बिहान सकिएको प्रदेशसभा निर्वाचन क्षेत्रको मतगणना अनुसार १७ हजार आठ सय १३ मतका साथ तामाङ प्रदेशसभा सदस्य निर्वाचित भएका छन् ।
उनको निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठबन्धनअन्तर्गत नेपाली कांग्रेसका प्रा। डा सूर्यकान्त घिमिरेले १४ हजार नौ सय ५६ मत प्राप्त गरेका छन् ।
नेकपा (एमाले)का कृष्ण भुर्तेलले ११ हजार छ सय २३ मत पाएका छन् । यस क्षेत्रमा आठ जना उम्मेदवार रहेका थिए । क्षेत्र नम्बर ३ (१) मा ५० हजार दुई सय १२ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार