चितवन, मंसिर ८-
चितवन क्षेत्र नम्बर २ बाट भारी मतान्तरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वियजी भएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै आफू जनतालाई जिताउने जाँच दिन गइरहेको बताएका हुन् ।
उनले भने, ‘यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो । म आजबाट जाँच दिन जाँदैछु, जसको नतिजा पाँच वर्षपछि मात्र आउँछ,’ उनले भनेका छन् ।