चितवन, मंसिर ८-
चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठभन्दा ३४ हजार १६२ बढी मत ल्याएका हुन् ।
नेपाली काँग्रेसका उमेश श्रेष्ठले १५०९९ र नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४६४९ मत प्राप्त गरे ।