चितवन, मंसिर ६-
पूर्वी चितवनको राप्ती-६ हर्दीमा माइक्रो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा चर्चित रेडियो कार्यक्रम प्रस्तोता राप्ती-४ निवासी पत्रकार महावीर विश्वकर्मा रहेका छन् ।
पूर्वी चितवनको राप्ती न.पा. ६ हर्दीचोकमा बिग्रेर रोकी राखेको ना २ ख ८५२२ नम्बरको भुस लोड गरेको ट्रकको पछाडी काठमाडौं जाँदै गरेको बा४ख ४१२ नम्बरको माईक्रो ठोकिएको थियो । घाइते हुनेहरुमा चितवन राप्ती ५ बस्ने बर्ष २१ काे अायुस तामाङ (नाक दाईने खुट्टामा चाेट सामान्य), राप्ती ६ बस्ने बर्ष २६ काे शंकर चाैधरी (बायाँ खुट्टा,नाकमा चाेट मध्यम, हाईस चालक), राप्ती १ बस्ने बर्ष २६ काे उज्वल मैनालि (बायाँ हातमा चाेट सामान्य)
राप्ती २ बस्ने बर्ष ४६ काे जवारीलाल बि. क. (टाउकाेमा चाेट सामान्य), धादिङ राेराङ गाउपालिका ५ बस्ने बर्ष २१ काे कुशल बिसुराल (बायाँ हातमा चाेट सामान्य) रहेको ईलाका प्रहरी कार्यालय भण्डाराले जनाएको । घाइतेहरुको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचार भई रहेको छ ।
चितवनको राप्तीमा ट्रकको पछाडी माईक्रो ठोक्किदा एक जनाको मृत्यु, ५ जना घाईते
चितवनको राप्तीमा ट्रकको पछाडी माईक्रो ठोक्किदा एक जनाको मृत्यु, ५ जना घाईते
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार






