चितवन, मंसिर ५-
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीलाई लिएर अघि बढ्न नसक्ने गरी निर्वाचनको नतिजा आउने बताएका छन् ।
चितवन क्षेत्र नम्बर २ को मतगणनाअघि बसेको सर्वदलीय बैठक सकिएपछि पत्रकारहरुसँग कुराकानी गर्दै लामिछानेले आफूहरूलाई साथ नलिएर अघि बढ्न नसक्ने अवस्था आउने दाबी पनि गरे ।
चितवन–२ को मतगणना दिउँसो १ बजेपछि सुरू हुँदैछ ।