Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, चैत ०७, २०८२
☰
Logo शनिबार, चैत ०७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ३. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ४. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ५. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ७. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ८. इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

  • ९. प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

  • १०. रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नामावली

चितवनमा मतदानको तयारी पूरा, संवेदनशील क्षेत्रमा विशेष निगरानी

३, मंसिर, चितवन । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदानको तयारी चितवनमा पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । तीन निर्वाचन क्षेत्र र ६ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको चितवनमा १६२ वटा मतदानस्थल र ४६० वटा मतदान केन्द्र रहेका छन् ।

ती सबै मतदानस्थल र केन्द्रहरूमा निर्वाचनको सुरक्षामा खटिने प्रहरी, म्यादी प्रहरी लगायतका सुरक्षाकर्मी, कर्मचारीहरू, मतपेटिका, मतपत्रहरू सबै पुगेको कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयले एउटा मतदान केन्द्रका लागि आठ जनाको दरले कर्मचारी खटाएको छ ।

२०७४ को निर्वाचनमा भन्दा यसपटक मतदानस्थल कम गरिएको छ भने मतदान केन्द्र बढाइएको छ । अघिल्ला चुनावमा १६६ मतदानस्थल र ४०८ मतदान केन्द्र तोकिएका थिए । यसपटक क्षेत्र नं. १ मा ५६ मतदानस्थल, क्षेत्र नं. २ मा ४३ मतदानस्थल, क्षेत्र नं. ३ मा ६३ मतदानस्थल गरी १६२ मतदानस्थल तोकिएको छ ।

चितवनका प्रहरी प्रमुख एसपी अधिकारीका अनुसार जिल्लाका ३४ मतदानस्थललाई अति सम्वेदनशील, ८९ लाई संवेदनशील र ३९ वटालाई सामान्य भनेर बर्गिकरण गरिएको छ । २०७४ को निर्वाचनमा ५२ वटा मतदानस्थललाई अति संवेदनशील भनेर राखिएको थियो ।

जिल्लामा पछिल्लो समयमा उम्मेदवारहरुकै सवारी साधनहरु माथि तोडफोड, विभिन्न ठाउँमा विस्फोट गराउने कार्य बढ्दै गएकोले सुरक्षा चुनौती बढेको देखिन्छ । चितवन प्रहरी प्रमुख नवराज अधिकारीले केही फाटफुट घटना हुँदैमा आम मतदाताहरुलाई नआत्तिन र भयरहित वातावरणमा मतदानस्थलसम्म पुगेर मतदान गर्न आग्रह गरेका छन् ।

उनले उपस्थिति जनाउन केही तत्व लागिपरे पनि उनीहरु माथि कडा निगरानी गरिएको र सादा पोशाकमा प्रहरी व्यापक परिचालन गरिएको बताए । उनले जिल्लाका राजनीतिक दलहरुलाई निर्वाचनको वातावरणलाई मर्यादित र शान्तिपूर्ण बनाउन सहयोगको अपेक्षा राखेको बताए ।

यसपटकको निर्वाचनमा झण्डैं ४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालित हुनेछन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीका अनुसार १९ सय ९१ जना म्यादी प्रहरी, ११ सय ४२ जना जनपथ प्रहरी र सशस्त्र प्रहरी परिचालित भएका छन् ।

मतदानस्थल र केन्द्रको भित्रि घेरामा म्यादी प्रहरी र जनपथ हुनेछन् भने, त्यसबाहिरको सुरक्षा सशस्त्र प्रहरीले र त्यसभन्दा पनि बाहिर नेपाली सेनाको सुरक्षा रहनेछ ।

पर्याप्त मात्रामा सिभिल प्रहरी पनि खटिने प्रहरी प्रमुख अधिकारीले बताए । उनका अनुसार सम्वेदनशील ठाउँहरुमा सशस्त्र प्रहरी ‘स्टाण्डबाइ’ नै रहनेछ भने अन्यत्र भने सेना र सशस्त्रको टोलीले बाहिरबाट बेलाबेलामा अवस्था हेरेर सुरक्षा अवस्थाको जानकारी लिनेछ ।

एउटा मतदानस्थलमा कम्तीमा १२ देखि ४९ जनासम्म जनपथ प्रहरी र आवश्यकता अनुसार म्यादी प्रहरी परिचालन गर्ने योजना छ । मतदानस्थल अधिकांश विद्यालयमा कायम गरिने भएको छ ।

प्रहरी प्रमुख एसपी अधिकारीका अनुसार भोलि विहान ६ बजेदेखि पूर्वको लोथर, माडीको बाँदरझुला, पश्चिमका गैंडाकोट र मुग्लिन तथा फिस्लिङमा चितवन आउने नाकालाई सिल गरेर कुनै पनि सवारी साधनलाई आउन रोक लगाउने तयारी गरिएको छ ।

चितवनको महत्वपूर्ण क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइने भएको छ । निर्वाचनलाई लक्षित गरी जिल्लाको महत्वपूर्ण मानिएको क्षेत्र कारागार कार्यालय चितवन र भरतपुर विमानस्थलको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइने योजना बनाइएको छ ।

जिल्ला सुरक्षा समितिको निर्णयानुसार कात्तिक १५ देखि मंसिर १० गतेसम्म महत्वपूर्ण निकायको सुरक्षाको जिम्मेवारी सेनालाई दिने निर्णय भएको थियो ।

चार लाख मतदाता

चितवनका तीन निर्वाचन क्षेत्रमा गरेर ४ लाख ८ हजार ३४२ मतदाता रहेका छन् । यो ०७४ को चुनाव भन्दा १० हजार ६५७ ले बढी हो । २०७४ मा तीन लाख ५४ हजार ३६ मतदाता थिए । यसपटक महिला २ लाख ९ हजार ३०९ र पुरुष १ लाख ९९ हजार ३२ जना रहेका छन् ।

सबैभन्दा धेरै निर्वाचन क्षेत्र नम्बर ३ मा मतदाता रहेका छन् । क्षेत्र नम्बर ३ मा १ लाख ४४ हजार २ सय ८३ मतदाता छन् । यहाँ भरतपुर महानगरपालिकाका १९ वडा र माडी नगरपालिका पर्दछ । २०७४ को संघीय निर्वाचनमा एक लाख २५ हजार ८२३ मतदाता थिए ।

निर्वाचन क्षेत्र नं. २ मा १ लाख २४ हजार २ सय १४ छन् । कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाका १० वटा वडा पर्दछन् । २०७४ मा यस क्षेत्रमा एक लाख ८ हजार २१४ मतदाता थिए ।

क्षेत्र नं. १ मा १ लाख ३९ हजार ८ सय ४५ जना मतदाता रहेका छन् । यहाँ राप्ती, रत्ननगर र खैरहनी नगरपालिका पर्दछन् । २०७४ को चुनावमा १ लाख १९ हजार ९९८ मतदाता थिए ।

प्रदेशसभा क्षेत्रतर्फ चितवन १ (क) मा ६६ हजार १५, क्षेत्र नं. १ (ख) मा ६३ हजार ८ सय ३० मतदाता छन् । यस्तै चितवन २ (क) मा ६१ हजार ९ सय ७३, क्षेत्र नं.२ (ख) मा ६२ हजार २ सय ४२ मतदाता छन् । यस्तै क्षेत्र नं. ३ (क) मा ७८ हजार २ सय ८६, क्षेत्र नं. ३ (ख) मा ६५ हजार ९ सय ९६ मतदाता रहेका छन् ।

भरतपुर माविमा सबै महिला कर्मचारी

चितवन क्षेत्र नं. २ को भरतपुर–१० मा रहेको भरतपुर मावि मतदान स्थलमा सबै महिला कर्मचारी निर्वाचनका लागि खटाइएको छ । चारवटा मतदान केन्द्र रहेको यो विद्यालयमा ३२ जना कर्मचारी छन् ।

मतदानस्थलमा २३ जना सुरक्षाकर्मी खटिएका छन्, ती सबै महिला नै हुन् । स्थानीय तहको निर्वाचनमा बालमन्दिर विद्यालयमा सबै महिला कर्मचारी र सुरक्षाकर्मी खटाइएको थियो ।

चारवटा मतदान केन्द्र रहेको भरतपुर मावि मतदानस्थलबाट आइतबार तीन हजार ४२९ जना मतदाताले मतदान गर्दैछन् ।

तीन ठाउँमा मतगणना

चितवनका तीन निर्वाचन क्षेत्रमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतगणनाको तयारी गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको भरतपुरमा निर्वाचन क्षेत्र नं. २ को गणनाका लागि चितवन उद्योग संघको हलमा गणनास्थल तयार गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले मतगणनास्थलमा १० वटा सीसीटिभी, मनिटर र जाली लगाइएको बताए । यहाँ ४ ठाँउबाट गणनाको काम थालिने उनले बताए ।

२ ठाउँबाट प्रतिनिधिसभा र २ ठाउँमा प्रदेश क्षेत्र (क) र (ख) को प्रत्यक्षको मतगणना गर्ने थापाले बताए । अन्य निर्वाचन क्षेत्रमा पनि सोही अनुसारको गणनाको योजना बनेको उनले बताए ।

मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सीसीटिभी क्यामेरा जडानको काम गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।

यहाँ विसं २०७४ को स्थानीय तहको निर्वाचन अन्तर्गत भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएपछि देशैभरि मतगणनास्थलमा तारजाली लगाउने नयाँ अभ्यास प्रचलनमा आएको छ ।

चितवन क्षेत्र नं १ को खैहरनी माविमा मतगणना गर्ने तयारी गरिएको छ । त्यहाँ चार ठाउँमा मतगणनाका लागि तयारी गरिएको छ ।

यस्तै चितवन क्षेत्र नं ३ को कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा मतगणनाको तयारी गरिएको छ । यहाँ दुई ठाउँमा मतगणना गर्ने गरी संरचना निर्माण गरिएको छ । मुख्य निर्वाचन अधिकृत थापाले तीन दिनभित्र प्रत्यक्षतर्फको गणनाको काम सक्ने लक्ष्य राखिएको बताए ।

Chitwan Aaja चितवन आज
शनिबार, मङि्सर ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै
‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’
वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

ताजा समाचार

सबै

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’

वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन

नवलपरासी पूर्वमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप एक लाख तीन हजार बढीलाई लगाइयो

पाथीभरामा पाँचौँ पटक हिमपात

सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ : बालेन शाह

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य

चितवनमा हुरीका कारण चार करोडभन्दा बढीको केरामा क्षति

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

७ हजार ८ सयले घटेपछि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

रेनु दाहालको चुनावी खर्च १४ लाख ६६ हजार ७ सय

कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ३.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ४.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ५.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६.
    नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.