चितवन, मंसिर १-
चितवनमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको दिन बिहानैदेखि सवारी साधन चल्न नपाउने भएको छ ।
निर्वाचनको शान्ति सुरक्षालाई मध्यनजर गर्दै सवारी साधन सञ्चालनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिए ।
मतदान सकिएपछि साँझ ५ बजेदेखि भने सवारी साधन चलाउन पाइने उनले बताए ।
मंसिर ४ मा हुने निर्वाचनका लागि आज मध्यरातदेखि मदिरा बिक्री वितरणमा पनि रोक लगाईएको छ ।






