चितवन ,२८ कार्तिक –
पछिल्लो २४ घण्टामा १९५ जनामा डेँगु संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार हालसम्म सङ्क्रमितको संख्या दुई हजार चार सय ४६ पुगेको छ।
जसमध्ये आजमात्र भरतपुर महानगरपालिकाका १४६ जना, खैरहनी नगरपालिकाकामा ४ जना, रत्ननगर नगरपालिकामा ४ जना , राप्ती नगरपालिकामा २ जना, कालिका नगरपालिकाका ५ जना , र इच्छाकामना गाँउपालिकामा १ जना रहेका छन् ।
त्यस्तै ठेगाना नखुलेका ३ जना र अन्य जिल्लाबाट ३० जना रहेको छन् । हालसम्म जिल्लामा १०९५७ जनामा परिक्षण गरिएको छ भने छ जनाको मृत्यू भएको छ ।