चितवन, कार्तिक २८-
आफ्नो निर्वाचन क्षेत्र अन्र्तगत पर्ने राप्ती नगरपालिकाको पहाडी वडाहरुमा कोण सभा गर्न पुगेका नेकपा एमालेका उम्मेदवारहरुलाई भव्य स्वागत गरिएको छ ।
एमाले उपाध्यक्ष एवं् प्रतिनिधी सभा सदस्यका उम्मेदवार सुरेन्द्र पाण्डे,प्रदेश सभा सदस्य उम्मेदवार जेएन थपलिया, प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवार सुनिमाया चेपाङलाई भव्य स्वागत गरिएको हो ।
राप्ती १३ कालिटारमा कोण सभा जाँदै गर्दा राप्ती १२ का विभिन्न स्थानमा स्थानीयले फुलमालाले स्वागत गरे । कालिटार पुग्दा त्यहाँका स्थानीयले पूर्व अर्थमन्त्री समेत रहेका सुरेन्द्र पाण्डेसहितलाई सयौंको संख्यामा उपस्थित स्थानीयले भव्य स्वागत गरेका हुन् ।
यस क्षेत्रमा बाटो निर्माण,खानेपानी ,विद्युत विस्तारमा पाण्डेले खेलेको भूमिकाको प्रसंसा गरेका थिए । पाण्डे अर्थमन्त्री हुँदा भण्डारा मलेखु जोड्ने गरि चेपाङ मार्ग नाम दिएर सडक विस्तार सुरु गरिएको छ । त्यस्तै पहाडी वडाहरुमा विद्युत विस्तार तथा खानेपानीको काम गरिएको गरिएको छ ।
आफुहरुले अन्य उम्मेदवारलाई नचिनेको भन्दै कालिटारकी झुकमाया प्रजाले सुरेन्द्र पाण्डेको समर्थनमा आएको बताइन् । बाटो विस्तार र विद्युत विस्तारको काम भईरहेको तर शिक्षा,स्वास्थ्यलाई प्राथमिकता दिएर काम गर्नु पर्ने उनको भनाइ थियो ।
कोण सभाका लागि एमाले स्थायी कमिटि सदस्य सिता पौडेल,पूर्व मन्त्री दावा लामा,राप्तीका निवर्तमान नगर उपप्रमुख इमानसिंह लामा लगायत नेताहरु कालिटार पुगेका थिए ।












