राप्ती, कात्तिक २८-
चितवनको राप्ती नगरपालिकामा विभिन्न पार्टी परित्याग गरि झण्डै एक सय जना नेकपा एमाले प्रवेश गरेका छन् ।
गठबन्धनमा आवद्ध दलहरुका ९७ जना एमाले प्रवेश गरेका हुन् । एमाले प्रवेश गर्नेहरुमा नेपाली काग्रेश र नेकपा माओवादी केन्द्रमा आवद्ध छन् ।
नेपाली काग्रेश क्षेत्रीय प्रतिनिधी मन्जित सिंह र वाईसियल राप्ती नगर अध्यक्ष दिवस उप्रेतीको नेतृत्वमा उनीहरु एमाले प्रवेश गरेका हुन् ।
राप्ती नगर कमिटिको निर्वाचन सम्पर्क कार्यालयमा सोमवार एक कार्यक्रमका बीच एमाले केन्द्रिय उपाध्यक्ष एवं चितवन क्षेत्र नम्वर १ बाट प्रतिनिधी सभा सदस्य उम्मेदवार सुरेन्द्र पाण्डे र एमाले केन्द्रिय सदस्य एवं प्रदेश १ का उम्मेदवार जेएन थपलियाले उनीहरुलाई टिका र माला लगाएर पार्टीमा स्वागत गरे ।
पार्टी नेतृत्व निति,सिद्धान्त भन्दा वाहिर चलेको र कार्यकर्ता संरक्षणमा ध्यान दिन नसकेको भन्दै पार्टी छाडेर एमाले प्रवेश गरेको मन्जित सिंहले बताए । माले निति,राष्ट्रियता प्रति प्रतिवद्ध रहेको र युवाहरुलाई समेट्न सक्ने भएकाले एमाले प्रवेश गरेको पनि उनले बताए । निर्वाचनको मुखमा युवा शक्तीहरु दल त्यागेपछि गठवन्धनमा पहिरो गएको विश्लेषण स्वयम पार्टी प्रवेश गरेकाहरुले गरेका छन् ।
पार्टी प्रवेश गर्नेहरुमा राप्ती १,३ र १० का छन् । अधिकांश राप्ती १ का हुन् । पार्टी प्रवेश गराउँदै एमाले उपाध्यक्ष पाण्डे र केन्द्रिय सदस्य थपलियाले एमालेमा समाहित भएका युवाहरुलाई उचित स्थान र जिम्मेवारी दिने भन्दै आगामी मंसिर ४ गतेको निर्वाचनका लागि निर्वाध रुपमा परिचालित हुन आग्रह गरे ।
पार्टी प्रवेश कार्यक्रम नेकपा एमाले निर्वाचन परिचालन कमिटिका सचिव इमानसिंह लामाको अध्यक्षतामा भएको थियो ।