Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, चैत ०७, २०८२
☰
Logo शनिबार, चैत ०७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ७. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ८. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ९. इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

  • १०. प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

बल्झिँदै चितवन कांग्रेस विवाद

चितवन, कात्तिक २८-
सत्ता गठबन्धनले शनिबार दिउँसो भरतपुरमा चुनावी आमसभा आयोजना गर्दा कांग्रेस समर्थक युवाहरूको एउटा समूहले र्‍याली गर्दै सभास्थलमा पुगेर नाराबाजी गरे । उनीहरूको माग थियो, ‘गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउने वातावरणका लागि विकास कोइरालाको कारबाही फुकुवा गर ।’

कोइराला झन्डै ९ वर्षअघि कारबाहीमा परेका पार्टीका पूर्वजिल्ला सभापति हुन् । प्रतिनिधिसभा सदस्यतर्फ ३ निर्वाचन क्षेत्र रहेको चितवनमा सत्तारूढ गठबन्धनबाट कांग्रेसले चितवन–१ र २ मा क्रमशः विश्वनाथ पौडेल र उमेश श्रेष्ठलाई उठाएको छ ।

चितवन–३ मा माओवादी केन्द्रका उम्मेदवार भोजराज अधिकारी चुनावी मैदानमा छन् । उम्मेदवारी चयन प्रक्रिया र मनोनयन दर्तासँगै चितवन कांग्रेसमा देखा परेको असन्तुष्टि आमसभासम्मै पोखिएको छ ।

सभामा भाषण गर्ने क्रममा उम्मेदवारहरूको चर्चा चल्दा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले चितवन–२ का उम्मेदवार उमेश श्रेष्ठको प्रशंसा अरूको भन्दा बढी नै गरे । विकास कोइरालाको प्रभाव रहेको क्षेत्र पनि यही हो । कोइरालाका समर्थकको मागप्रति सभापति देउवाको टिप्पणी थियो, ‘पुरानो कुरा परेछ । मलाई जानकारी पनि थिएन । कारबाही फुकुवा हुन्छ, किन नहुने तर पार्टीका उम्मेदवार जिताउनुस्, फुकुवा हुन्छ ।’

कोइरालाले यसअघि नारायणगढमा चियापान राखेर समर्थकको ठूलो जमघट गरेका थिए । चितवन–१ का कांग्रेस उम्मेदवार पौडेल पनि देउवानिकट मानिन्छन् । उक्त क्षेत्रमा कांग्रेसका पुराना नेता राजेन्द्र बुर्लाकोटीले स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर, बालुवाटार पुगेर देउवाले राष्ट्रिय सभामा लैजाने वचन दिएपछि उनले उम्मेदवारी निष्क्रिय पारे ।

चितवन–१ मा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदबाट राजीनामा दिएर उम्मेदवार भएका हुन् पौडेल तर यो क्षेत्रमा योजना आयोगका पूर्वउपाध्यक्ष एवं कांग्रेसका युवा नेता स्वर्णिम वाग्ले पनि उम्मेदवार बन्न खोजिरहेका थिए । पौडेल उम्मेदवार भएपछि वाग्ले चितवनको चुनावी अभियानमा सरिक भएका छैनन् । तर, वाग्ले कात्तिक ३० मा पौडेलको प्रचार गर्न आउने कार्यक्रम रहेको कांग्रेस जिल्ला समितिका एक नेताले बताए ।

कांग्रेस उम्मेदवार नभएको चितवन–३ मा कांग्रेसकै दुई जना प्रभावशाली नेता स्वतन्त्र उम्मेदवार छन् । पार्टीका केन्द्रीय सदस्य रहेका दिनेश कोइराला स्वतन्त्र उठेपछि एमालेले आफ्ना रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिएर कोइरालालाई समर्थन गरेको छ । त्यसैगरी, पुराना नेता जगन्नाथ पौडेल पनि सोही क्षेत्रमा उम्मेदवार छन् । आफ्ना उम्मेदवार रहेको क्षेत्रमा यस्तो हुँदा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल चिन्तित देखिन्छन् । ‘कांग्रेसभित्र अलिकति जटिलता आयो भने मलाई चिन्ता लाग्छ । कांग्रेसभित्रको समस्या हल भइदिए हुन्थ्यो भन्ने हुन्छ । प्रधानमन्त्रीजी र म पटक–पटक कुरा पनि गरेका छौं । सहज वातावरण बनाउनका लागि नै प्रधानमन्त्रीजी नै आउनुभएको हो । म पनि आएको हो,’ सभामा दाहालले भने ।

उनले देशको हितका लागि यी सानातिना कुराहरू थाती राखेर या समाधान गरेर अगाडि बढ्न पनि अपिल गरे । दाहाल अघिल्लो निर्वाचनमा चितवन–३ बाटै प्रतिनिधिसभा सदस्यमा एमालेसँग चुनावी तालमेल गरेर विजयी भएका थिए । गत स्थानीय निर्वाचनमा कांग्रेससँग चुनावी तालमेल गर्दा भरतपुर महानगरमा कांग्रेसभित्र चर्को असन्तुष्टि देखा परेको थियो । यो पटक पनि चितवन–३ बाटै उठ्ने तयारीमा रहेका दाहालले अन्तिम समयमा गोरखा–२ बाट उठ्ने निर्णय लिएका थिए । दाहाल गोरखा गए पनि चितवन कांग्रेसभित्रको असन्तुष्टि रोकिएको छैन ।

विकास कोइराला ०७० को संविधानसभा सदस्य निर्वाचनमा पार्टीका तत्कालीन केन्द्रीय सभापति सुशील कोइरालाविरुद्ध चितवन–४ बाट उठेपछि कारबाहीमा परेका थिए । कारबाही फुकुवाको विषयमा पार्टीका जिल्ला सभापति र भरतपुर नै आएका केन्द्रीय सभापतिसँग दोहोरो कुराकानी नभएको कोइरालाले बताए ।

 -कान्तिपुरका लागि चितवनबाट रमेशकुमार पौडेलले तयार पारेको समाचार

Chitwan Aaja चितवन आज
सोमबार, कार्तिक २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’
वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध
सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन

ताजा समाचार

सबै

‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’

वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन

नवलपरासी पूर्वमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप एक लाख तीन हजार बढीलाई लगाइयो

पाथीभरामा पाँचौँ पटक हिमपात

सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ : बालेन शाह

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य

चितवनमा हुरीका कारण चार करोडभन्दा बढीको केरामा क्षति

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

७ हजार ८ सयले घटेपछि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

रेनु दाहालको चुनावी खर्च १४ लाख ६६ हजार ७ सय

कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.