चितवन, कात्तिक २६-
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज शनिवार भरतपुरमा आयोजना गरिएको सत्ता गठबन्धनको जनसभालाई सम्बोधन गर्दै चुनाव लड्न गोरखा गएपनि आफु चितवनकै भएको बताए ।
उनले भने, ,‘मेरो घर चितवनमै छ,यहाँको विकासमा मेरो सधै चासो रहनेछ ।’ चितवनप्रतिको लगाब हिजोदेखि नै रहेको र आज र भोलि पनि निरन्तर रहने उहाँले बताउनुभयो । चितवनमा पूर्वाधारका क्षेत्रमा सुरु भएका विकासका कामलाई पूर्णता दिन निरन्तर लागिरहने प्रचण्डले प्रतिवद्धता जनाए ।