चितवन, कात्तिक २६-
आज शनिवार भरतपुरमा आयोजना गरिएको सत्ता गठबन्धनको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चितवनबाटै गठबन्धनको विजयी सुरुवात गर्न चाहेको बताएका छन् ।
स्थानीय तहको निर्वाचनमा पनि गठबन्धनले चितवनबाटै विजयी सुरुवात गरेको स्मरण गर्दै उनले गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।