चितवन, कात्तिक २६-
गठबन्धनको चुनावी सभा भरतपुरस्थित गेष्टहाउस चौरमा सुरु भएको छ । कडा सुरक्षाका बीच सभा सुरु भएको हो ।
आमसभामा गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।
चुनावी सभालाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईसहित नेताहरूले सम्बोधन गर्ने कार्यतालिका छ ।