चितवन, कात्तिक २६-
प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ निवास पुगेका छन् ।
गुरुङकी पत्नी शीरमाया गुरुङको यही कात्तिक २० गते निधन भएको थियो । गुरुङ परिवारमा समवेदना प्रकट गर्न प्रधानमन्त्री देउवा गुरुङ निवासमा पुगेका हुन् । उनले आफ्ना पार्टीका केन्द्रीय सदस्य गुरुङसहित परिवारजनमा समवेदना र स्व शीरमायाप्रति श्रद्धाञ्जलि अर्पण गरे ।
प्रधानमन्त्री देउवालाई शीरमायाको निधनका कारणबारे जानकारी गराइएको थियो । फोक्सोको क्यान्सरका कारण पछिल्लो केही समययता उनी अस्वस्थ थिइन् । उहाँको ७४ वर्षको उमेरमा निधन भएको हो ।