चितवन, कात्तिक २६-
सत्ता गठबन्धनको चितवनमा चुनावी सभा सुरु हुँदैछ । भरतपुरस्थित गेष्टहाउस चौरमा आमसभा हुन लागेको हो ।
गठबन्धनको चुनावी सभामा सुरक्षा व्यवस्था कडा पारिएको छ । सभामा छिर्नु अघि पुरुषलाई सेक्युरिटी स्क्यान अनिवार्य गरिएको छ ।
आमसभामा गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।
चुनावी सभालाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईसहित नेताहरूले सम्बोधन गर्ने कार्यतालिका छ ।