चितवन, कार्तिक २६ –
ग्लोबल आइएमइ बैंक नारायणगढ शाखाले ग्राहकहरुलाई वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग सम्बन्धी ज्ञान दिएको छ ।
आज भरतपुरमा एक कार्यक्रमको आयोजना गरी बैंकले ग्राहकहरुलाई वित्तिय साक्षरता तथा डिजिटल बैंकिङ्ग सम्बन्धी ज्ञान दिएको हो ।
कार्यक्रममा उपस्थित रहेका २०० भन्दा बढी ग्राहकहरुलाई शाखाका ब्रान्च म्यानेजर नारायण पौडेलले प्रशिक्षण दिएका थिए ।
डिजिटल माध्यमलाई कसरी सुरक्षित तरिकाले प्रयोग गर्ने भन्ने ज्ञान सिकाउन कार्यक्रमको आयोजना गरिएको पौडेलले बताए ।
डिजिट बैंकिङ्ग बढिरहेका बेला यसको सुरक्षालाई विशेष ध्यान दिँदै ग्राहकलाई तालिम नै दिनु भनेको ग्लोबल आइएमइ बैंक ग्राहकप्रति धेरै नै जिम्मेवार रहेको पुष्टि भएको तालिममा सहभागि रहेको बैंकका ग्राहक विनय आचार्यले बताए ।
आफू बैंकको ग्राहक भएको बताउँदै उनले बैंक आफैले यस्ता ज्ञान प्रदान गर्न कार्यक्रम गर्दा बैंकप्रतिको विश्वास झन् थपिएको आचार्यको भनाइ छ ।